जापानमा युट्युवबाट पैसा कमाउने हवलदारको तलव कट्टी
जापानमा गेमिङ भिडियो युट्युवमा अपलोड गरेर अतिरिक्त आम्दानी गरेको भेटिएपछी एकजना हवलदारको तलव काटिएको छ । अतिरिक्त पैसा कमाएको खुलासा भएपछि अधिकारीहरुले अनुशासनको कारबाही अन्तर्गत ति ३३ बर्षिय हवलदारको तलब काटेका हुन् ।
गेमिङ भिडियोबाट अतिरिक्त पैसा कमाउने ती हवलदार वाकायामाको कितास्थित अग्नी विभागमा काम गर्ने सरकारी कर्मचारी भएको बताइएको समाचारहरुमा उल्लेख गरिएको छ । उनले सन् २०२० को डिसेम्बर देखि सन् २०२१ को अक्टोबरको बीचमा युटयूबमा भिडियो पोष्ट गरेका थिए । सो समयमा उनले करीब ११ लाख ५० हजार येन (९ हजार ९६६ डलर) कमाइ गरेका थिए ।
उनको सो व्यवहारले स्थानीय सरकारी कर्मचारी सेवा ऐन उल्लंघन गरेको भन्दै वाकायामा नगर सरकारले जनवरी ११ देखिको एक महीनाका लागि उनको तलब १० प्रतिशतले कटाउने सजाय सुनाएको छ । सो ऐनमा सरकारी कर्मचारीहरुलाई अतिरिक्त काम गर्न प्रतिबन्ध लगाइएको छ ।
नगरको अग्नी विभागका अनुसार ती हवलदारले युट्यूबमा आफूले अनलाइन गेम खेलिरहेको भिडियो अपलोड गर्न एउटा खाता बनाएका थिए । उनले कूल ३१४ ओटा भिडियो एडिट गरेर अपलोड गरेका थिए । गेममा २२ लाख ७० हजार भ्यू आएको छ ।
भ्युजका आधारमा उनले पैसा आर्जन गरेका हुन् । ती अग्नी नियन्त्रण युट्यूबमा काम गरिरहेको हुन सक्ने आशंका अधिकारीहरुलाई भएपछि उनको बाह्य कमाई प्रकाशमा आएको हो । भिडियो गेममा खेलाडीहरुले एक अर्कासँग कुराकानी पनि गरेका छन् । अधिकारीहरुले ती हवलदारको आवाजबाट उनलाई पहिचान गरेका थिए ।
उनीसँग यसबारे सोधखोज गरिएको अनि आफूमाथिको आरोप उनले स्वीकार गरेको पनि बताइएको छ । युटयूबबाट आफूले कमाएको पैसा परिवारको बैंक खातामा जम्मा गरिएको ती हवलदारले बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्