सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा ३ सय बढी शिशु हेरचाह केन्द्र बन्द

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको महामारीका कारण जापानमा ३०० भन्दा धेरै दिवा शिशु हेरचाह केन्द्र अस्थायी रुपमा बन्द भएका छन् । जापानभर कोरोना भाइरसको संक्रमण बल्झिएकै समयमा सो संख्यामा दिवा शिशु हेरचाह केन्द्र बन्द भएका हुन् ।

यसरी शिशु हेरचाह केन्द्र बन्द भएको यो अहिलेसम्मकै धेरै भएको बताइएको छ । गएको बिहिबारसम्म जापानका ४७ प्रिफेक्चर मध्ये २७ ओटामा ३२७ नर्सरी विद्यालय वा प्रमाणित शिशु हेरचाह केन्द्र पूर्णतः बन्द भएका छन् । यसमा निजी रुपमा वा स्थानीय स्तरमा लाइसेन्स लिएर सञ्चालन गरिएका दिवा हेरचाह केन्द्रलाई समावेश गरिएको छैन ।

Child care center in Japan

यसरी सेवा बन्द गर्ने यस्ता केन्द्रको संख्या एक हप्तामै चार गुणा बढेको स्वास्थ्य मन्त्रालयले बताएको छ । जनवरी १३ मा यसको संख्या ८६ थियो । यो यस अघि कोरोना भाइरसको संक्रमणको पाँचौं लहरबीच सेप्टेम्बरमा सेवा प्रभावित भएका दिवा सेवा केन्द्र भन्दा निकै धेरै हो ।

त्यति बेला १८५ सेवा केन्द्रहरुले अस्थायी रुपमा सेवा बन्द गर्न बाध्य भएका थिए । कोरोना भाइरसको संक्रमण बढेसँगै शनिबार र आइतबार जापानमा करिब ६० हजार आसपासलाई संक्रमण देखिएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्