सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

तोचिगीकेनमा रेष्टुरेन्टलाई दिनको १ लाख राहत

जापान सरकारले कोरोना भाइरसको पछिल्लो भेरियन्ट ओमिक्रोनको संक्रमण बढदै गएपछी बिहिबारदेखी तोचिगीसहित १८ ओटा प्रिफेक्चरमा अर्ध–आपतकाल लागु गरेको छ । थप १८ ओटा प्रिफेक्चरमा अर्धआपतकाल लगाएसंगै अर्धआपतकाल लगाइएका प्रिफेक्चरको संख्या ३४ पुगेको छ ।

जापानमा जम्मा ४७ ओटा प्रिफेक्चर रहेका छन् । अर्ध–आपतकाल थप गरिएका १८ प्रिफेक्चरहरुमा शिजुओका, इशिकावा, ओसाका, क्योटो, ह्योगो, ओकायामा, शिमाने, फुकुओका, ओइता, होक्काइदो, आओमोरी, यामागाता, फुकुशिमा, तोचिगी, इबाराकी, नागानो, सागा र कागोशिमा हुन् ।

सरकारले अर्ध–आपतकालको सुचीमा थप गरेका प्रिफेक्चरहरुमा जनवरी २७ तारिख देखि फेब्रुअरी २० सम्ममा अर्धआपतकाल लगाउने घोषणा गरेको छ । योसँगै ७० प्रतिशत भन्दा धेरै जापानी भु–भाग पूर्वआपतकालीन अवस्थाामा रहनेछन् ।

Tochigi Road

यो उपाय लागू भएपछि सम्बन्धित प्रिफेक्चरका गभर्नरहरुले रेष्टुराँ तथा बारहरुलाई सञ्चालन अवधि कम गर्न अनुरोध गर्ने जस्ता प्रतिबन्धहरु लागू गर्न सक्ने व्यवस्था अनुसार तोचिगीमा साँझ ८ बजे रेष्टुरेन्ट बन्द गर्न भनिएको छ ।

तोगिचीकेनद्वारा जारी गरिएको सुचना अनुसार कोरोना रोकथामका उपाय अपनाएका रेष्टुरेन्टहरुले मादकपदार्थ नबेची साँझ ८ बजे व्यवसाय बन्द गर्नसक्नेछन् भने मादकपदार्थ बेच्ने रेष्टुरेन्टले ८ बजेसम्म मादकपदार्थ बेचेर ९ बजे रेष्टुरेन्ट बन्द गर्न सक्नेछन् ।

कोरोना भाईरस नियन्त्रणका उपाय नअपनाएका रेष्टुरेन्टहरुको हकमा मादकपदार्थ बेच्न बन्द गर्नुपर्नेछ भने साँझ ८ बजेभित्र रेष्टुरेन्ट बन्द गरिसकनुपर्नेछ । प्रिफेक्चरले तोकेका नियम पालना गर्ने रेष्टुरेन्टलाई दिनको १ लाख येन सम्म राहत दिने बताइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्