सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानका पुर्वप्रधानमन्त्री आवेमाथी गोली प्रहार

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेमाथी गोलि प्रहार भएको छ । जापानको पश्चिमी सहर नारामा भाषण दिने क्रममा उनीमाथी गोली प्रहार भएको थियो । गोली लागेर ढलेपछी उनलाई नाराकै स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

गोली लागेपछी उनी सडकमा ढलेका थिए । रोयटर्सका अनुसार उनको शरीरबाट रगत बगिरहेको थियो । उनी ढलेको ठाउँमा पनि रगत बगेको समाचारहरुमा उल्लेख गरिएको छ । अत्यधिक रक्तश्रावका कारण मुटुको भल्वमा समस्या देखिएको आवेको उपचारमा संलग्न चिकित्सकहरुले बताएको समाचारमा जनाइएको छ ।

Shinzo Abe pm of Japan

आवेमाथी बिहान करिब साढे ११ बजे एक सन्धिग्ध पुरुषले गोली प्रहार गरेको बताइएको छ । गोली प्रहार गरेको भनिएका यामागामी तेचुया नाम गरेका ४० बर्षिय पुरुषलाई प्रहरीले हत्या तथा कर्तव्य ज्यान मुद्दामा नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । आवेमाथी गोली प्रहार गर्नुको कारण भने खुलिसकेको छैन ।

एनएचकेको अनलाईन पोर्टलमा प्रकासीत समाचार अनुसार आबे ढल्नुअघि बन्दुक पड्केको जस्तो आवाज सुनिएको थियो । एनएचकेका सम्वाददाताका अनुसार आबेको भाषणका दौरान दुईपटक केही पड्केको आवाज सुनिएको थियो । घटनास्थल नाराको यामातोसाईदाईजी स्टेसन नजिकै रहेको बताइएको छ ।

जापानमा आगामी आइतबार माथिल्लो सदनका लागि चुनाव हुँदैछ । पुर्वप्रधानमन्त्री आवेले सोही चुनावी अभियानका दौरान लिवरल डेमोक्रेटिक पार्टीले आयोजना गरेको कार्यक्रममा भाषण गरिरहेका थिए । आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री भएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्