सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानका पुर्वप्रधानमन्त्री आवेको गोली हानि हत्या

आसन्न माथिल्लो सदनको एउटा चुनावी सभामा भाषण गरिरहेका बेला जापानका पुर्व प्रधानमन्त्री सिन्जो आवेको गोलि हानी हत्या गरिएको छ । गोलि प्रहारबाट गम्भिर घाईते भएका पूर्व प्रधानमन्त्री सिन्जो आवेको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

पूर्व प्रधानमन्त्री सिन्जो आवेमाथी शुक्रबार बिहान करिब साढे ११ बजेतिर गोलि प्रहार भएको थियो । जापानको पश्चिमी सहर नारामा चुनावी सभामा भाषण गरिरहेका बेला उनीमाथी गोली प्रहार भएको थियो । गोली लागेर ढलेपछी उनलाई नाराकै स्थानीय अस्पतालमा उपचारका लागी भर्ना गरिएको थियो ।

गोली लागेपछी उनी सडकमा ढलेका थिए । रोयटर्सका अनुसार उनको शरीरबाट रगत बगिरहेको थियो । जापानका सञ्चार माध्यमले प्रसारण गरेका भिडियो क्लिपहरुमा पनि यो दृष्य देख्न सकिन्छ । उनी ढलेको ठाउँमा पनि रगत बगेको समाचारहरुमा उल्लेख गरिएको छ ।

shinjo abe

सडकमा ढल्ने बित्तिकै अस्पताल पुर्याइएका आवेको अत्यधिक रक्तश्रावका कारण मुटुको भल्वमा समस्या देखिएको आवेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका थिए । उपचारमा संलग्न चिकित्सकहरुले उनलाई जापानको स्थानीय समयअनुसार साँझ ५ः०३ बजे मृत घोषणा गरेका थिए ।

आवेमाथी बिहान करिब साढे ११ बजे यामागामी तेचुया नाम गरेका ४१ बर्षिय पुरुषले गोलि प्रहार गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न तेचुयालाई प्रहरीले हत्या तथा कर्तव्य ज्यान मुद्दामा नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।

हत्यामा संलग्न ति व्यक्तिले प्रधानमन्त्री हुँदा आवेले गरेको काम प्रति आफ्नो चित्त नबुझेर गोली प्रहार गरेको अनुसन्धानमा संलग्न अधिकारीहरुलाई बयान दिएका छन् । बयानमा उनले आवेको कार्य शैलीमा चित्त नबुझे पनि आवेको पार्टी लिवरल डेमोक्रेटिक पार्टीप्रति आफ्नो कुनै रिसिबी नभएको बताएका छन् ।

अुनसन्धानमा संलग्न अधिकारीहरुका अुनसार हत्यामा संलग्न व्यक्तिले घरमै बनाएको सामान्य सट गन प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यामा प्रयोग भएको हतियार युट्युवमा भएका भिडियो सामाग्री हेरेर समेत तयार पार्न सकिने सामान्य सट गन भएको समाचारहरुमा उल्लेख गरिएको छ । हत्यामा संलग्न व्यक्तिले यसअभि जापानको आत्म सुरक्षा बल (सेना सरह) मा करिब ३ बर्ष जति काम गरेको खुल्न आएको छ ।

एनएचकेको अनलाईन पोर्टलमा प्रकासीत समाचार अनुसार आबे ढल्नुअघि बन्दुक पड्केको जस्तो आवाज सुनिएको थियो । एनएचकेका सम्वाददाताका अनुसार आबेको भाषणका दौरान दुईपटक केही पड्केको आवाज सुनिएको थियो । घटनास्थल नाराको यामातोसाईदाईजी स्टेसन नजिकै रहेको बताइएको छ ।

जापानमा आगामी आइतबार माथिल्लो सदनका लागि चुनाव हुँदैछ । गोली प्रहार हुँदा पुर्वप्रधानमन्त्री आवेले सोही चुनावी अभियानका दौरान लिवरल डेमोक्रेटिक पार्टीले आयोजना गरेको चुनावी सभामा भाषण गरिरहेका थिए । आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री रहेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्