सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण

राष्ट्रपति निर्वाचित रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै पदभार ग्रहण गरेका छन् । सोमबार दिउँसो पद तथा गोपनीयताको शपथ लिएसँगै शीतल निवासमा पौडेलले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्नुअघि राष्ट्रपति पौडेलले लैनचौरस्थित सहिद स्मारकमा रहेको सहिद स्तम्भमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

राष्ट्रप्रमुख र सरकार प्रमुखहरुले आफूले जिम्मेवारी सम्हालेसँगै शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण प्रचलन रहिआएको छ । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्