बोल्न नसक्ने महिलाको बलत्कारपछि हत्या
उदयपुरको रामपुरठोक्सीला–८ घुम्नेकी एक बोल्न नसक्ने महिलाको बलत्कारपछि हत्या भएको छ । ४० बर्षीया कृष्णकुमारी कटुवालको शव गए राति भेटिएको हो । कालिखोला सामुदायीक वन समुहको जंगलमा दाउरा काट्न गएकी कटुवालको बलत्कारपछि हत्या भएको प्रहरीले जनाएको छ ।
उनलाई बलत्कार गरी ढुंगाले टाउकोमा हानेर हत्या गरिएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
दाउरा काटन जंगल गएकी उनी घर नआएपछि खोज्न जाँदा विभत्स अवस्थामा शव भेटिएको उनका आफन्त तिलक कटुवालले बताए । हत्या गरिएकी कटुवालको सामूहिक बलत्कार भएको हुनसक्ने पनि तिलकले बताए । घटनाको प्रहरीले अनुसन्धान सुरु गरिसकेको प्रहरी नायव उपरिक्षक सुरेन्द्र गुरुङले बताए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्