सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जुनबाट टोकियोमा ह्यारी पोटर स्टुुडियो टूर पार्क खुल्दै

जापानको राजधानी टोकियोमा ह्यारी पोटर स्टुुडियो टूर पार्क खुल्दैछ । जुन १६ मा टोकियोको नेरिमा वडामा उक्त पार्क खुल्न लागेको हो । यो बेलायतबाहिर पहिलो ह्यारी पोटर पार्क हुने बताइएको छ । यसमा फ्यानहरुले फिल्मको सेट, फिल्ममा प्रयोग भएका प्रप्स अनि पात्रहरुले प्रयोग गरेका पोशाकहरु हेर्न पाउनेछन् । अनि फिल्म बनाउँदा खेरिको ‘बिहाइन्ट–द –सिन्स’को अनुभव पनि गर्न पाउनेछन् ।

यो स्टुडियोको नाम वार्नर ब्रोज स्टुडियो टूर टोकियो रहेको छ । यो वार्नर ब्रोज स्टुडियो टूर लन्डनपछिको दोस्रो स्टुडियो हुने बताइएको छ । सो स्टुडियो बेलायतमा सन् २०१२ मा खुलेको गियो । त्यहाँ अहिलेसम्म १ करोड ७० हजार जना आगन्तुकहरु घुम्न गइसकेको स्टुडियो सञ्चालक वार्नर ब्रोजले भनेको छ ।

यो पार्क तोशिमाएन पार्ककको ३० हजार वर्गमिटरमा बनाइएको छ । यो विश्वमै सबैभन्दा ठूलो ह्यारी पोर्टर स्टुडियो हुने बताइएको छ । यहाँ आगन्तुकहरुल करीब चार घन्टा बिताउन सक्नेछन् । यो स्टुडियोमा छिर्न चाहने वयस्कहरुले टिकटमा ६ हजार ३०० येन खर्च गर्नु पर्नेछ ।

माध्यमिक विद्यालय र माध्यमिक विद्यालयका विद्यार्थीहरुको लागि टिकटको मूल्य ५ हजार २०० छ । ३ वर्ष वा सो भन्दा बढी उमेरका बालबालिकाहरुका टिकट मूल्य ३ हजार ८०० येन रहेको छ । यहाँ जानका लागि पहिला देखि नै टिकट बूक गर्नु पर्नेछ । जुन १६ देखि मार्च ३० सम्मको टिकटको विक्री मार्च २२ देखि नै शुरु भइसकेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्