सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा सरकारी उपकरणमा टिकटक प्रतिबन्ध

विश्वभर सबैभन्दा लोकप्रिय एप मध्ये एक हो चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटक । हरेक उमेर समूह अनि लिंगका मानिसहरुमा यो एप चलाउने लत भेट्न सकिन्छ । भारतले टिकटकमा प्रतिबन्ध लगाएपछि शुरु भएको यो चक्र जापानसम्म आइपुगेको छ ।

गोपनीय सूचनाहरु चुहिने अनि जासुसीको आशंका गर्दै अमेरिका अनि यूरोपका कैयौँ देशहरुले सरकारी उपकरणहरुमा टिकटकको प्रयोगमा बन्देज लगाइरहँदा जापान पनि यो सूचिमा परेको छ । जापानले अप्रिल ४ तारिख मंगलबारबाट गोप्य सूचनाहरु हुन सक्ने सरकारी उपकरणहरुमा टिकटक इन्ष्टल गर्न रोक लगाएको छ ।

सरकारले मन्त्री, राज्यमन्त्री र संसदका उपमन्त्रीहरुले प्रयोग गर्ने भनेर जारी गरेको कुनै पनि स्मार्टफोन वा उपकरणहरुमा टिकटक राख्न पाइने छैन । मन्त्री परिषद्को बैठकमा एक लिखित उत्तरमा सरकारले यस्तो भनेको हो । प्रमुख प्रतिपक्ष दल कन्ष्टिच्यूशनल डेमोक्रेटिक पार्टी अफ जापान (सीडीपीजे)का कानून निर्माता केनसुके ओनिशीले सोधेको प्रश्नको जवाफमा सो उत्तर तयार पारिएको थियो ।

अप्रिल ४ तारिखबाटै अष्ट्रेलिया सरकारले पनि सरकारी प्रयोजनमा प्रयोग हुने उपकरणहरुमा टिकट चलाउन बन्देज लगाएको छ । अहिलेसम्म चीनले टिकटक प्रयोगकर्ताको डेटामा पहुँच बनाएको प्रमाण पाइएको छैन । कुनै पनि सरकारले व्यक्तिगत उपकरणहरुमा टिकटकको प्रयोगमा त्यति विधि रोकटोक पनि लगाएको छैन । सीमा विवादबीच भारतले भने टिकटकमाथि पूरै बन्देज लगाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्