सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानी महिलाहरु किन पुरुषभन्दा थोरै सुन्छन ?

घरपरिवारको कामले भ्याइ नभ्याई अनि कामसम्बन्धी पूरातन सोचका कारण जापानी महिलाहरु पुरुषको तुलनामा कम सुत्ने गर्छन् । आर्थिक सहकार्य अनि विकासका लागि संगठन (ओईसीडी)ले ३३ देशहरुमाझ गरेको एउटा सर्वेक्षणअनुसार पनि जापानी महिलाहरु सर्वेक्षण गरिएको देशहरुमध्ये सबैभन्दा कम सुत्ने गरेका छन् ।

समग्रमा जापानीहरु एक दिनमा अ‍ौसतमा ७ घन्टा २२ मिनेट सुत्छन् । यो भनेको ओईसीडीले सर्वेक्षण गरेको चीन, भारत, दक्षिण अफ्रिका समेत ३३ देशहरुमा सबैभन्दा कम हो । जापानी महिलाहरु पुरुषहरुको औसत भन्दा १३ मिनेट कम सुत्छन् । सुत्ने मामिलामा पनि महिलालाई पुरुषहरुले उछिनेको चाँहि जापान समेत ६ देशमा मात्रै हो ।

जापानी महिलाहरु पनि घरबाहिर काम गर्छन् । तर विकसित देशहरुका तुलनामा जापानी पुरुषहरुले गर्ने घरायशी काम अचम्मै हुने गरी छोटो छ । ६ वर्षभन्दा कम उमेरका बालबालिका भएको अनि दम्पत्ति नै जागिरे भएको घरमा श्रमिति औसतमा ६ घन्टा ३३ मिनेट सुत्छिन् भने श्रीमान ६ घन्टा ५५ मिनेट निदाउँछन् ।

श्रीमतिहरुले घरको कामका लागि आफ्नो निद्रा नै माया मार्ने गरेको पछिल्लो सर्वेक्षणले देखाएको छ । जापानमा सुत्दै नसुती काम गर्नुलाई पूण्य मानिन्छ । तर दिनमा कम्तिमा ७ घन्टा नसुत्दा शारीरिक र मानसिक समस्याहरु आउँछ । काममा पनि पूरै ध्यान दिन सकिन्न । प्रदर्शन झनै खस्किन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्