सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानी प्रधानमन्त्रीलाई लक्षित गरी बम बिस्फोट

जापानका प्रधानमन्त्री किशिदा फुमिओ सहभागी एक कार्यक्रममा बम बिस्फोट भएको छ । जापानी सञ्चार माध्यमले प्रकासित÷प्रसारण गरेको समाचार अनुसार शनिबार बिहान जापानको वाकायामा सहरमा किशिदा सहभागी एक कार्यक्रममा बम बिस्फोट भएको हो ।

प्रधानमन्त्री किशिदाले वाकायामा प्रिफेक्चरको वाकायामा सहरस्थित साइगासाकी माछा मार्ने बन्दरगाहको निरिक्षण गरी भाषण सुरु गर्नु ठिक अघि बम बिस्फोटको घटना भएको थियो । बिस्फोटमा प्रधानमन्त्री किशिदालाई कुनै पनि हानि नभएको र सकुशल बाहिरिएको समाचारहरुमा उल्लेख गरिएको छ ।

बम बिस्फोटमा गराउने व्यक्तिलाई नियन्त्रणमा लिएलगत्तै बम विस्फोट भएको बताइएको छ । बिस्फोटको घटना अप्रिल १५ तारिख बिहान ११ः३० बजे भएको थियो । सञ्चारमाध्यममा सार्बजनिक गरिएको भिडियोमा मानिसहरु दौडिरहेको र बाहिर निकालिरहेको देख्न सकिन्छ ।

प्रधानमन्त्री किशिदा प्रतिनिधि सभा वाकायामा प्रिफेक्चरको क्षेत्र नं.१ को उपनिर्वाचनमा पार्टीका उम्मेद्वारको समर्थन गर्न शनिबार बिहान साइकाजाकी बन्दरगाहको भ्रमणमा गएका थिए ।

स्मरण रहोस्, जापानका पुर्व प्रधानमन्त्री शिन्जो आबेको गत बर्ष जुलाई ८ तारिखका दिन नाराको एउटा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा गोली हानि हत्या गरिएको थियो ।

आसन्न जि सेभेन बैठक अघि देशकै कार्यकारी प्रमुख प्रधानमन्त्री किशिदालाई लक्षित गरी बम बिस्फोटको घटना हुनुले जापानको सुरक्षा व्यवस्थामाथी थप चुनौति थपिदिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्