सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

टोकियोको बन्दि गृहमा १९ बर्षिय युवाको मृत्यु

टोकियो महानगर प्रहरी विभागको ताकाशिमादाइरा प्रहरी थानामा एक युवकको मृत्यु भएको छ । ती युवा गाँजा नियन्त्रण कानून उल्लंघन गरेको अभियोगमा पक्राउ परेका थिए । १९ वर्षिय ती युवकको थुनामा भएकै समयमा आइतबार टोकियो महानगरीय प्रहरी विभागले भनेको हो । युवकको मृत्यु बिरामीको कारण भएको बताइएको छ ।

आइतबार बिहान करीब ५ बजेतिर बन्दी गृहभित्र गस्ती गरिरहेको समयमा अधिकारीहरुले उनलाई फुटोनमा मुख घोप्टो पारेर सुतिरहेको समयमा फेला पारे । उनी अचेत थिए । तत्कालै अस्पताल लगियो । तर एक घन्टापछि होसमा नआइकन उनको मृत्यु पूष्टि भयो । युवकलाई प्रहरीले अप्रिल १३ मा समातेको थियो । उनमा पुरानो रोग थियो ।

हप्तामा एक पटक अस्पतालमै गएर सुँई लगाउनु पथ्र्यो । तर गएको दुई महीनादेखि उनले कुनै सुँइ लगाएका थिएनन् । शुक्रबार उनलाई अचानक ज्वरो आयो, वाकवाकी लाग्यो । शनिबार उनको अवस्था झनै बिग्रियो । प्रहरी थानाले उनलाई आइतबार चेकजाँचको लागि अस्पताल लादै थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्