सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानको व्यापार घाटा बढेर नयाँ उचाईमा

जापानको व्यापार घाटाले नयाँ उचाई छोएको छ । आर्थिक वर्ष २०२२ मा बाँकी विश्वसँगको व्यापारमा जापानले १७ खर्ब ३० अर्ब येन बराबरको घाटा बेहोरेको छ । निर्यात भन्दा आयात तीव्र दरमा बढेपछि मार्चमा सकिएको आवमा घाटा बढेर यस अघि कहिले नदेखिएको स्तरमा उक्लिएको अर्थ मनत्रालयले बिहिबार बताएको हो ।

योसँगै व्यापार घाटाले आर्थिक वर्ष २०१३ मा बनाएको कीर्तिमान पनि तोडिएको छ । त्यति बेला जापानले १३७ खर्ब येन घाटा बेहोरेको थियो । अमेरिकी डलरको तुलनामा जापानी येनको मूल्यमा आएको कमीका कारण आयात महसुल आकाशिँदा पनि जापानको घाटा चुलिएको हो । सो अवधिमा डलरको तुलनामा येन साढे १६ प्रतिशतले कमजोर बनेको थियो ।

अघिल्लो आवको तुलना गत आवमा आयात ३२ दशमलव २ प्रतिशतले बढेको थियो । तर निर्यात भने साढे १५ प्रतिशतले मात्रै बढ्यो । मार्चमा मात्रै जापानको व्यापार घाटा ७ खर्ब ५४ अर्ब ५० करोड येन रहेको मन्त्रालयले बताएको छ । जापानको निर्यात कमजोर नै भएकोले व्यापार घाटा निरन्तर देखिन सक्ने विश्लेषण गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्