सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

जापानले जारी गर्दै उच्च सुरक्षायुक्त नयाँ बैंकनोट

जापानको केन्द्रीय बैंक बैंक अफ जापानले हालै सार्वजनिक गरेको उच्च सुरक्षायुक्त नयाँ बैंक नोटलाई आर्थिक वर्ष २०२४ देखि जारी गर्न थाल्ने भएको छ । बैंक अफ जापानले २०२३ को अप्रिल महीनाको मध्यतिर सञ्चार माध्यमहरुसामु सो कागजी नोट सार्वजनिक गरेको थियो ।

Japanese yen new banknote

बीओजेले सो नोटलाई आर्थिक वर्ष २०२४ को पहिलो अर्धवार्षिक अवधिमा प्रचलनमा ल्याउन शुरु गर्ने बताइएको छ । नयाँ नोटहरु टोकियोको चुओ वडामा रहेको मुद्रा संग्राहलयमा प्रदशर्नमा राखिएको थियो । अप्रिल २८ सम्म भने यी नोटलाई बीओजेको सुदुर उत्तरको प्रिफेक्चर होक्काइदोस्थित ओतारु संग्रहालयमा प्रदर्शनमा रखिनेछ ।

जापानले सन् २००४ यता बैंकनोटको डिजाइनमा हेरफेर गरेको यो पहिलो पटक हो । १० हजार येनको सो नोटमा जापानमा पूँजीवादका पिता भनेर चिनिने उद्योगपति शिबुसावा एईचीको तस्वीर छ । ५ हजार येनको नोटमा भने अग्रणीय महिला शिक्षाकर्मी सुदा उमेकोको तस्वीर छ ।

१ हजार येनको नोटमा जापानको आधुनिक मेडिशिनको जग बसाल्न सघाउने कितासातो शिबासाबुरोको तस्वीर छ । नयाँ नोटमा थीडी होलोग्राम, एचडी वाटरमार्क, लुमिसेन्ट मसी, माइक्रोप्रिन्टिङसमेत नक्कल गर्न नमिल्ने नवीनतम् प्रविधिहरुको प्रयोग गरिएको छ । जारी गरिएको नयाँ नोटमा हेराईको कोणअनुसार थ्रीडी होलोग्राम फरक फरक देखिन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS