सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा पार्टटाईम काम गर्नेलाई बेरोजगारी भत्ता

जापानले हप्ताभरमा २० घण्टाभन्दा कम समय काम गर्ने पार्ट–टाइमर कामदारहरूलाई बेरोजगारी बीमाका केही सुविधा वा लाभहरु दिनेबारे सोच्न थालेको छ ।

श्रम बजारमा चरम कामदार अभावबीच पार्ट टाइमरहरुको घरपरिवारलाई टेवा दिन र रोजगारीका लागि पुनः तालिमको अवसरहरु बढाइदिने लक्ष्य राखेर यसबारे विचार विमर्श गर्न लागिएको बुझिएको भन्दै निक्केईले समाचार छापेको छ ।

Japanese Cash

अहिलेको नियमअनुसार हप्तामा कम्तिमा २० घन्टा काम गर्ने अनि कम्तिमा ३१ दिनसम्म जागिरको ठेगान भएका कामदारहरु मात्रै जापानको बेरोजगारी बीमा कार्यक्रममा शहभागिताका लागि योग्य छन् । यस्ता कामदारहरुले बेरोजगारी भत्ता, छोराछोरी स्याहार्न बिदा पाउने गरेका छन् ।

यिनीहरुले तालिम तथा सीप विकासका लाभहरू पनि पाइरहेका छन् । तर हप्तामा २० घन्टा भन्दा कम समय काम गर्नेहरुलाई यी सबै सुविधाहरु छैन । अब भने नीति निर्माताहरुले हप्तामा २० घण्टाभन्दा कम काम गर्नेहरुमा पनि बेरोजगारी बीमाका केही सुविधाहरु दिने बारे छलफल शुरु गरेको बुझिएको छ ।

यस्ता कामदारहरुलाई फूल टाइम काम गर्ने कामदारहरू बन्ने अवसरका लागि पुनः तालिम हासिल लगायत अवसर सिर्जना गर्ने पक्षमा पनि उनीहरु रहेका बताइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्