सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सन् २०२२ मा जापानी टोयोटाको बिक्रि किर्तिमानी

जापानी अटो निर्माता कम्पनी टोयोटा मोटरले गएको आवमा यस अघि कहिले नदेखिएको संख्यामा सवारी साधन बेचेको छ । आर्थिक वर्ष २०२२ मा कम्पनीले विश्वभर कूल ९६ लाख ९ हजार ७८२ थान सवारी साधन बेचेको छ । कम्पनीले एकै आवमा बेचेको यो अहिलेसम्मकै धेरै सवारी साधन हो ।

विक्रीको यो आकार अघिल्लो आवको भन्दा चाँहि १ प्रतिशत धेरै हो । योसँगै आव २०१८ मा कम्पनीले बनाएको विक्रीको कीर्तिमान पनि तोडिएको छ । कम्पनीको विक्री गएको आवमा लगातार दोस्रो वर्ष बढेको छ । कोभिडको प्रतिबन्धका कारण आर्थिक गतिविधि प्रभावित हुँदा विश्वभर टोयोटाको विक्री पनि सुस्ताएको थियो ।

तर विशेषगरी दक्षिण एशियामा कोभिडसम्बद्ध प्रतिबन्ध हटेर आर्थिक गतिविधिहरु पनुःहाली भएपछि टोयोटाको सवारी साधन विक्रीमा उछाल आएको छ । गएको महीना सकिएको आवमा टोयोटाले घरेलु बजारमा १४ लाख ७ हजार १५८ थान सवारी साधन बेचेको छ । यो अघिल्लो आवको भन्दा शून्य दशमलव ८ प्रतिशत कम हो । जापानी बजारमा कम्पनीको विक्री ३ वर्षमा पहिलो पटक बढेको छ ।

सीमापार विक्री पनि १ दशमलव १ प्रतिशतले बढेर ८२ लाख २ हजार ६२६ थानमा पुगेको छ । योसँगै लगातार दोस्रो वर्ष पनि विक्री बढेर नयाँ उचाई छोएको छ । समीक्षा अवधिमा विश्वभर कम्पनीको उत्पादन पनि साढे ६ प्रतिशतले बढेर ९१ लाख ३० हजार २४७ थानको कीर्तिमानी स्तरमा उक्लिएको छ । योसँगै आव २०१६ मा कायम भएको उत्पादनको रेकर्ड पनि टुटेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्