सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा कोभिड खोप लाएपछी १ बालकको मृत्यु

कोरोना भाइरसको संक्रमण विरुद्धको खोप लगाएपछि जापानमा एक वर्षिय बालकको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ती बालकलाई मृगौलाको गम्भीर रोग थियो । जापानमा कोभिडको खोप लगाएर कुनै बालकको मृत्यु भएको यो पहिलो घटना भएको बताइएको छ ।

मन्त्रालयले शुक्रबार विज्ञहरुको समितिको एक बैठकमा यो तथ्य उजागर गरेका थिए । एउटा स्वास्थ्य संस्थाले यो घटनाबारे मन्त्रालयलाई जानकारी दिएको बताइएको छ । ती बालकको मृत्यु फेब्रुअरीमा भएको मन्त्रालयका अधिकारीहरुले भनेका छन् । अमेरिकी फर्मा कम्पनी फाइजरको खोपको तेस्रो मात्रा लगाएको दुई दिनपछि बालकको मृत्यु भएको थियो ।

बालकको डाइलेसिस उपचार हुँदै थियो । जापानले गएको वर्ष मात्रै ६ महीनादेखि ४ वर्षको बालबालिकाहरुलाई कोभिड विरुद्धको खोप लगाउन शुरु गरेको थियो । सूचनाहरुको अभाव अनि अन्य कारणहरुले गर्दा बालकको मृत्यु अनि खोपबारे सम्बन्ध स्थापित गर्न आफूहरुले नसकेको समितिका विज्ञहरुले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्