सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

क्याम्बोडियाबाट जापानमा स्क्याम गर्ने पक्राउ

क्याम्बोडियामा बसेर जापानमा फोन स्क्याम चलाएका १९ जना जापानीहरुले स्क्याम घोटालाहरुबाट सोझा साझा जापानीहरुबाट करोडौं येन ठगेको खुलासा भएको छ । प्रहरी अनुसन्धान अनुसार सो समूहले
४३ करोड येन ठगेको आशंका गरिएको छ ।

यस मामिलामा टोकियो प्रहरीले गरेको अनुसन्धानसँग परिचित स्रोतले बताएको भन्दै जीजी प्रेसले समाचार छापेको छ । सो समूहमाथि सन् २०२२ को अप्रिल देखि यो वर्षको जनवरीको बीचमा जापानमा बसोबास गरिरहेका मानिसहरुलाई निशाना बनाएर ७५ ओटा घोटाला गरेको अभियोग भएको बताइएको छ । ती १९ जनालाई जनवरीमा दक्षिणी क्याम्बोडियामा स्थानीय अधिकारीहरुले एक होटलबाट समातेका थिए ।

अप्रिल ११ मा उनीहरुलाई जापान ल्याइयो । टोकियो महानगर प्रहरी विभागले टोकियोकी एक महिलाको २ लाख ५० हजार येन बराबरको विद्युतीय पैसा चोरेको आरोपमा समातेको हो । सोमबार ती १९ जनाको नाममा अतिरिक्त पक्राउ पूर्जि जारी गरिएएको छ ।

सो पूर्जी भने जनवरीमा ७० वर्ष उमेर समूहका टोकियोका एक पुरुषसँग अनलाइन सेवाको बक्यौता शुल्क बाँकी भएको भन्दै साढे ७ लाख येन बराबरको नगद ठगीको मामिलामा जारी भएको थियो । होटलमा पक्राउ पर्दा उनीहरुको साथमा ठगिमा परेका वा पार्न लागिएका ७५ जनाको नाम र ठेगानाको सूचि थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्