सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानको बालबालिकाको संख्या लगातार घट्दो

प्रधानमन्त्री फुमिओ किशिदाले जन्मदर बढाउन “अभूतपूर्व” उपायहरू लागू गर्न आह्वान गरेता पनि यस पटक पनि जापानको अनुमानित बाल जनसंख्या थप घटेको देखिएको छ । जापानको बाल जनसंख्या लगातार ४२ औं वर्षमा नयाँ रेकर्ड सहितको न्युन संख्यामा पुगेको सरकारी तथ्याङ्कमा देखिएको छ ।

१४ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरू (विदेशीहरू सहित)अप्रिल १ मा १ करोड ४३ लाख ५० हजार थिए । यो संख्या अघिल्लो वर्षको तुलनामा लगभग ३ लाख जनाले कम भएको आन्तरिक मामिला मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

Child care center in Japan

उक्त अबधीमा, जापानको कुल जनसङ्ख्यासँग बालबालिकाको अनुपात ११.५% थियो, जुन अघिल्लो वर्षको तुलनमा ०.२ प्रतिशत बिन्दुले कम हो । र यो संख्या अघिल्लो वर्षभन्दा कम त हो नै त्यससंगै , सन् १९५० यताको सबैभन्दा न्यून सङ्ख्या पनि हो ।

सरकारी तथ्याङ्क अनुसार, गत अक्टोबरसम्म, जापानका ४७ वटै प्रिफेक्चरहरूमा बालबालिकाको जनसंख्यामा कमी आएको थियो।

फेसबुकबाट कमेन्ट गर्नुहोस्