सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अमेरिकामा चार महिनामा २ सय ७ गोलीकाण्ड

यस वर्षको चार महिनामा अमेरिकामा २ सय ७ गोलीकाण्ड भएको सीएनएनले उल्लेख गरेको छ । सन् २०२३ को मे ७ सम्मको यो तथ्यांक सन् २०१३ यताको सोही अवधिसम्मको तुलनामा सबैभन्दा बढी हो ।

अमेरिकामा सामूहिक गोलीबारीहरू सीएनएनद्वारा गन वाइलेन्स आर्काइभबाट डेटा प्रयोग गरेर ट्र्याक गरिएको हो । गैरसैनिकहरूले पनि सहज रूपमा बन्दुक राख्न पाउने कानुनका कारणले अमेरिकामा अप्रत्याशित गोलीकाण्ड घट्ने र निहत्थाको ज्यान जाने क्रम बढ्दो मात्रामा छ ।

Gun FIre Pestol

सम्बन्धित हिंसा ट्र्याक गर्न सन् २०१३ मा गठन गरिएको यो एक गैरलाभकारी समूह हो । हालै अमेरिकाको लस भेगासस्थित भोन टोबेल मिडिल स्कुलमा गोली चल्दा एक जना घाइते भएको लस भेगास महानगरीय प्रहरीले सोमबार बताएको छ । लस भेगास मेट्रोपोलिटन प्रहरीले गोलीकाण्डको अनुसन्धान गरिरहेको छ । घाइतेलाई युनिभर्सिटी मेडिकल सेन्टर लगिएको छ ।

यसअघि डलासको बाहिर एउटा मलमा शनिबार भएको गोलीकाण्डमा बन्दुकधारीसहित कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय प्रहरीका अनुसार द हिलले जनाएको छ । एलेन फायर डिपार्टमेन्टले नौ जनालाई क्षेत्रीय अस्पतालमा पुर्‍याएको एलेन फायर डिपार्टमेन्टका प्रमुख जोनाथन बाँयडले बताएका छन् ।

एलेन प्रिमियम आउटलेटमा सात जनाको घटनास्थलमा मृत्यु भएको थियो र अन्य दुईलाई अस्पतालमा मृत घोषित गरिएको थियो । अन्य तीन जनाको अवस्था गम्भीर रहेको द हिलले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्