सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

टोकियोमा स्कुले बिद्यार्थीमाथी छुरा आक्रमण

आज मे १० तारिख बिहान ८ बजेतिर टोकियोको ओतामा जुनियर हाई स्कूलको पहिलो वर्षमा अध्ययनरत एक बिद्यार्थीमाथी स्कुल गईरहेको बेला धारिलो हतियार प्रहार भएको छ । विद्यार्थीको छातीमा धारिलो हतियार प्रहार भएको र अहिले अस्पत्तालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रभागले उक्त घटनामा संलग्न भएको आशंकामा नजिकै रहेका ६१ वर्षिया एक व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । महानगरीय प्रहरी विभागका अनुसार छातीमा छुरा प्रहार भएका विद्यार्थी १३ वर्षीय जुनियर हाई स्कूलका बालक रहेको र उनको अस्पतालमा उपचार भैरहेको छ ।

अस्पताल पुर्याउँदासम्म उनि होसमै रहेका थिए । ति विद्यार्थी स्कुल युनिफर्ममा विद्यालय जाँदै गरेको अनुमान गरिएको छ ।

यो घटना, जेआर कामाता स्टेशनको ४०० मिटर पश्चिममा रहेको आवासीय क्षेत्रमा घटेको हो । त्यहाँ नजिकै जुनियर हाई स्कुलका सार्थ अन्य हाई स्कूलहरू रहेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्