सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा सडक दुर्घटनामा २ नेपालीको मृत्यु

जापानको मियागी प्रिफेक्चरमा मे १६ तारिख राती ८ः१५ बजेतिर भएको बस दुर्घटनामा परि मृत्यु भएका २ जना नेपाली विद्यार्थीको सनाखत भएको छ । सडक दुर्घटनामा परी मृत्यु हुनेमा नेपालमा स्थाई घर काभ्रे भएका बर्ष २२ का नवराज तामाङ र स्थाई घर ओखलढुंगा भएका बर्ष २७ का युवराज थापा रहेको बताइएको छ । तर उनीहरु दुबैको परिवार अहिले काठमाण्डौमा बस्दै आएको बताइएको छ ।

दुर्घटनामा परि ज्यान गुमाएका नवराज तामाङ सेन्दाई ल्यांग्वेज स्कुलमा अध्ययनरत भएको खुल्न आएका छ भने मृतक युवराज थापा खादान् जिदोस्या गाक्कोउमा अध्ययनरत रहेको खुल्न आएको छ ।

@“Œ–kŽ©“®ŽÔ“¹‰º‚èü‚Å”­¶‚µ‚½ƒoƒX‚ƃgƒ‰ƒbƒN‚ÌŽ–ŒÌŒ»ê‚P‚U“úŒßŒã‚P‚PŽž‚X•ªA‹{éŒ§ŒIŒ´Žs

दुर्घटनामा ज्यान गुमाएने अर्का व्यक्ति बस चालक महिला रहेको खुल्न आएको छ । उनी जापानी नागरिक भएको बताइएको छ । बसलाई ठक्कर दिने ट्रकका चालक गम्भिर घाईते भएको बताइएको छ ।

दुर्घटनामा परी गम्भिर घाईते भएका ५ मध्ये ३ जनाको मृत्यु भएको जापान प्रहरीले पुष्टि गरेको हो । मृत्यु हुनेमा २ जना नेपाली बिद्यार्थी र एक जना बस चालक जापानी नागरिक रहेको बताईएको छ ।

मंगलबार राति ८ः१६ बजेतिर जापानको मियागी प्रिफेक्चरको कुरिहारा सहरको तोहोकु एक्सप्रेसवेको आउटबाउन्ड लाइनमा काममा जाने ४० जना नेपाली तथा बंगालादेशी नागरिकहरुलाई लिएर गएको बसलाई ट्रकले ठक्कर दिएको थियो । बसको ईञ्जिनमा खराबी आएपछी ईञ्जिन चेकजाँचका लागी रोकिराखेको बसलाई ट्रकले ठक्कर दिएको बताइएको छ ।

मृतक २ जना नेपाली बिद्यार्थीको दुर्घटना स्थलमा नै मृत्यु भएको दुर्घटनामा परेका नेपाली बिद्यार्थीहरुले बताएका छन् । दुर्घटना लगत्तै अस्पत्ताल लगिएका उनीहरुको अस्पताल र प्रहरीले मृत्यु भएको औपचारिक घोषणा भने १७ तारिख बिहान संचार माध्यमहरुलाई दिएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्