सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जुन ९ मा तमुधीं तोचिगीको बार्बीक्यु बनभोज

तमुधीं जापानको तोचगी, गुन्मा र ईबाराकी समितिले यही आउँदो जुन ९ तारिखका दिन बार्बीक्यु तथा बृहद बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । समितिका अध्यक्ष राम गुरुङ (बिराज)का अनुसार कार्यक्रम ओयामासीको ओयामा जेनरल पार्कमा हुने भएको छ ।

समितिका महासचिव भरत गुरुङका अनुसार जापानको तोचिगी, गुन्मा र ईबाराकी आसपास बस्ने गुरुङ तथा नेपाली दाजुभाई तथा दिदिबहिनिहरुबिच भेटघाट र परदेशी भुमिमा नियास्रो मेट्दै आपसी सद्भावका लागी बार्बीक्यु तथा बनभोज कार्यक्रम राखिएको हो ।

Tamudhi

बिभिन्न कामको सिलसिलामा जापानको तोचिगी, गुन्मा र ईबाराकी आसपास बस्दै आएका सबै नेपाली दाजुभाई तथा दिदिबहिनिलाई बार्बीक्यु तथा बनभोज कार्यक्रममा सहभागी हुन तमुधीं जापान (तोचिगी, गुन्मा, ईवाराकी) समितिले आग्रह गरेको छ ।

बार्बीक्युसंगै अन्य बिबिध मनोरञ्जनात्मक कार्यक्रमहरु पनि समावेश गरिएको तमुधीं जापान (तोचिगी, गुन्मा, ईवाराकी) समितिका अध्यक्ष राम गुरुङ (बिराज) ले बताएका छन् । बार्बीक्यु कार्यक्रम ओयामासीको तोजोमा रहेको ओयामा जनरल पार्कमा बिहान १० बजेबाट साँझ ४ बजेसम्म हुने पनि अध्यक्ष गुरुङले जनाएका छन् ।

यसैबिच मे महिनाको १९ तारिखका दिन बसेको बैठकले काजि गुरुङ र विकास गुरुङलाई तमुधीं जापान (तोचिगी, गुन्मा, ईवाराकी) समितिको सल्लाहकार र शर्मिला गुरुङ (सारा)लाई उपाध्यक्षमा चयन गरिएको समितिका महासचिव भरत गुरुङले जनाएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्