पुर्व प्रदेस प्रमुख झाँ करणी कसुरमा थुनामा
मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा’ अहिराज’लाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतबाट आदेश भएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले बुधबार उक्त आदेश जारी गरेको हो । आदेशसँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

उनी यौन दुव्र्यवहार कसुरमा साउन ४ गते पक्राउ परेका थिए । उनी २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए । मधेश प्रदेश प्रमुख हुनुअघिसम्म उनी मधेशवाणी साप्ताहिक पत्रिका प्रकाशन लगायतका सञ्चार उद्यममा जोडिएका थिए ।
तत्कालीन नेकपाको विवाद उत्कर्षमा पुगेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले त्यतिबेलाका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै उनलाई मधेशको प्रदेश प्रमुख नियुक्त गरेको थियो । कार्यकालको करिब ६ महिना नपुग्दै उनलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पदमुक्त गरेको थियो ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्