सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

खोटाङमा भिरबाट लडेर महिलाको मृत्यु

खोटाङको केपिलासगढी गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिकाको वडा नम्बर ३ बास्पानीकी ६२ वर्षीया कौशिला राईको स्थानीय बप्लेभिरबाट लडेर मृत्यु भएको हो ।

बुधबार बाक्सिलास्थित बुधबारे हटिया गएर नफर्किएपछि खोजतलासको क्रममा राति करिब एक बजेतिर उक्त भिरबाट करिब सय मिटर तल लडेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताएका छन् ।

मिश्रले भने–‘हिजो बाक्सिला बजार गएर नफर्किएपछि खोजतलास गर्ने क्रममा भिरभन्दा सय मिटर तल लडेर मृत अवस्थामा फेला परेको हो । कानुनी प्रक्रियाका लागि ऐसेलुखर्कबाट घटनास्थलतर्फ प्रहरी खटिएको छ, पुगिसकेको छैन, पुगेपछि विस्तृत जानकारी आउँछ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS