सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

८ किलो सेतो हेरोईनसहित २ विदेशी पक्राउ

लाओसबाट हवाईमार्ग हुँदै नेपाल ल्याइएको करिब ८ किलो सेतो हेरोइनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय फिरोज अहमल र भारतकै ३२ वर्षीय मौलिस्वरन नजुदामुर्ती कुर्नाल भेल नाम गरेका व्यक्ति छन् ।

उनीहरूलाई लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो । १७ साउनमा लाओसबाट बैंकक हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका फिरोजलाई ४ किलो सेता हेरोइनसहित ब्यूरोको टोलीले विमानस्थलको अराइभल एरियाबाट पक्राउ गरेको थियो ।

यसको भोलिपल्ट लाओसबाटै बैंकक हुँदै आएका भेललाई पनि अराइभल एरियाबाट ३ किलो ८ सय ग्राम सेता हेराइनसहित पक्राउ गरिएको ब्यूरोका एसएसपी कृष्ण कोइरालाले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS