सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

खेतमा पानी लगाउँदा करेन्ट लागेर एकको मृत्यु

झापामा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ ।

मंगलबार गौरादह नगरपालिका–४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरदेखि करिब १० मिटर उत्तरमा रहेको मोटरबाट खेतमा पानी लगाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर नेम्वाङको घटनास्थलमै मृत्य भएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS