सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

नक्कली नेपाली नोटसहित दुई जना पक्राउ

प्रहरीले नक्कली नोटसहित सुनसरीबाट २ जनालाई पक्राउ गरेको छ । भारतबाट नक्कली नोट लिएर नेपाल आउँदै गरेका राजेशकुमार रजक र राजेश चमार भारत र नेपालको सिमा क्षेत्रबाट पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार सप्तरीको हनुमान कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र हनुमान कंकालिनी–१ का २५ वर्षीय राजेश चमार रजक कोशी गाउँपालिका–८ भीमनगर बोर्डर पोस्टबाट नक्कली नोटसहित पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनीहरु लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार थिए । मोटरसाइकलको पछाडि बसेका राजेश चमार रजकको साथबाट नेपाली १ हजार रूपैयाँ दरका ३८ थान नक्कली नोट बरामद भएको हो ।

बरामद भएको ३८ हजार नेपाली नक्कली नोटसहित दुवै जनामाथि अनुसन्धान भइरहेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS