सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

गायिका बिष्णु माझीको नयाँ तीज गित बजारमा

चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी नयाँ तीज गीत सार्वजनिक गर्दै यो तीजमा पनि अरु भन्दा फरक लय र शैली लिएर आएकी छन् ।

बुधबार बिहान ‘म त नराउरी’ बोलको गीत युट्युब माफत सार्वजनिक भएको छ । यो उनको २०८२ को पहिलो तीज गीत हो ।

यो गीत ‘पुलतीको भट्टी’ भाग २१ का रूपमा बजारमा आएको हो । हरेक वर्ष तीज नजिकिँदै गर्दा उनका प्रशंसकहरु उनको गीतको प्रतिक्षामा रहेका हुन्छन् ।

Bishnu majhi teej song 2025

‘म त नराउरी’ गीतका रचनाकार, संगीतकार तथा निर्देशक उनका श्रीमान् सुन्दरमणि अधिकारी हुन् ।

उक्त गीतमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ भने ६० जनाभन्दा बढी कोरस कलाकार एकसाथ नाचेका नाचेका छ्न् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS