मन्दिरमा पुर्वराजालाई जयजय, राष्ट्रपतिलाई गाली
हिन्दुहरुको महान चाड बडादशैंको महाअष्टमीका दिन राष्ट्र प्रमुखले विभिन्न शक्तिपीठहरुको पुजापाठ तथा दर्शन गर्ने परम्परा छ । अहिले राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारी हुनुहुन्छ । परम्परा अनुसार राष्ट्रपति भण्डारीको शक्तिपिठको दर्शन अनिवार्य जस्तै हुने भईहाल्यो ।
संयोग यस्तो पर्यो कि, पुर्व राष्ट्रप्रमुख तथा पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार शक्तिपीठहरुको दर्शन गर्ने समय अगिल्लो दिन नै तय भएको थियो तर राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सोही समयमा शक्तिपिठको दर्शन गर्ने समय तालीका तय भयो ।
पूर्वराजा ज्ञानेन्द्रले पहिले नै बेलुका ४ बजे दर्शन गर्ने समय तय गरिसक्नुभएको थियो । राष्ट्रपति भण्डारीले पनि दर्शन गर्ने समय ४ बजे नै तय भएपछी पुर्वराजा र राष्ट्रपतिको जम्काभेट नहोस् भनेर सुरक्षा निकायले पूर्वराजाको निर्धारीत समय १ घण्टापछी सार्नुपरेको थियो ।
शीक्तपीठ दर्शनको समय एक घण्टा अघिपछि पारेपछि राष्ट्रपति विद्यादेवी भण्डारी छोरीहरुलाई लिएर बेलुका ४ बजेदेखि शक्तिपीठहरुको दर्शन गर्न निस्किनुभएको थियो । पूर्वराजा ज्ञानेन्द्र पनि नाति हृदयेन्द्र शाहलाई लिएर पाँच बजे शक्तिपीठहरुको दर्शन गर्न निस्किनुभएको थियो ।
वडादशैंको आठौं दिन आइतबार महाअष्टमीको अवसरमा राष्ट्रपति भण्डारीले राजधानीका विभिन्न १० वटा शक्तिपीठको दर्शन एवं पूजाआजा गर्नुभयो । राष्ट्रपति भण्डारीले नक्साल भगवती, गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, संकटा, इन्द्रायणी, विजेश्वरी, शोभाभगवती लगायतका नवदुर्गा भवानीको शक्तिपीठको पूजाआजा गर्नुभएको थियो ।
साँझ पाँच बजे नातिसहित शक्तिपिठको दर्शनका लागी निस्किनुभएका पूर्वराजा ज्ञानेन्द्रले नक्शाल भगवती हुँदै क्रमशः गुह्येश्वरी, मैतीदेवी, कालीकास्थान, भद्रकाली, महांकाल संकटा, नरदेवी, रक्तकाली, शोभा भगवती र इन्द्रायणीको दर्शन गरेर साँझ ७ बजे फर्किनुभएको थियो ।
राष्ट्रपतिको भ्रमणका बेला पूजाका लागि लाइनमा रहेका सर्वसाधारणलाई सुरक्षाकर्मीले हटाएका कारण उनीहरु केही रिसाएका थिए । केहीबेरमै पूर्वराजा र नाति दर्शनका लागी मन्दिरमा जाँदा भने सर्वसाधारणले ‘डिस्टर्ब’को महसुस नगरेको राजा निटकस्थहरुको दाबी छ ।
ज्ञानेन्द्रले पूजाआजा गर्दा सधैंजसो देखिने मानिसहरुको भीडले नाराबाजी गर्दै ज्ञानेन्द्रको जयजयकार गरेका थिए । यसैवीच पूर्वराजा ज्ञानेन्द्रले भोलि बिजयादशमीका दिन बेलुका ४ बजेदेखि निर्मल निवासमा विगतका वर्षहरुमा जस्तै सर्वसाधारणका लागि टीका लगाउने कार्यक्रम समेत तय भएको छ ।










फेसबुकबाट कमेन्ट गर्नुहोस्