सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

महानगरको डोजर मनोहरा सुकुम्वासी वस्तीमा

शुक्रबार काठमाडौं महानगरपालिकाले डोजरसहित मनोहरा खोला किनारको सुकुम्बासी बस्ती भत्काउने क्रममा तनाव उत्पन्न भयो। बिहान ११ बजे डोजरसहितको टोली पुग्दा स्थानीय बासिन्दाहरू आक्रोशित भइ प्रहरीमाथि ढुंगामुढा गरे र झडपमा तीन नगर प्रहरी घाइते भए।

घरटहरा भत्किँदा धेरै बासिन्दा रुँदै सामान जोगाउने प्रयासमा थिए। केही महिलाहरू बीच सडकमै रोइरहेका थिए र कसैले सूचना नदिएको गुनासो गर्दै बासको चिन्ता पोखिरहेका थिए।

स्थानीयहरूले पूर्व सूचना नपाएको गुनासो गरे पनि महानगर प्रहरी प्रमुख राजु पाण्डेले भने तीन महिनाअघि देखि पटक–पटक सूचना दिइसकेको दाबी गरे। करिब ३० वटा अवैध संरचना हटाइने जनाइएको छ।

sukumbasi basti manohara

महिलाहरू डोजर अगाडि आँसु र आक्रोशमा थिए। कोही अपरेशन गरेर घरमै थला परेका थिए भने कोही रोजगार मागिरहेका थिए। उनीहरूको मुख्य माग सामान निकाल्न समय र विकल्पको खोजी थियो।

मनोहरा जग्गा एकीकरण आयोजना २०५९ सालमा सुरु भए पनि खोलाको बहाव परिवर्तनले जग्गा व्यवस्थापनमा समस्या भएको हो। खोलाले बग्ने पुरानो ठाउँमा अहिले बस्ती बस्यो भने जग्गाधनीको जमिन अर्कोतिर पुगेको छ।

पछिल्लो डेढ–दुई महिनामा बनेका २०–२२ टहरा बिचौलियाको संलग्नतामा बनेका हुन्। उनीहरूले सस्तो मूल्यमा जग्गा बेचेर लालपुर्जा दिने झुटो आश्वासन दिएर बासिन्दालाई फसाएको महानगरले जनाएको छ।

महानगरले अवैध संरचना हटाएर प्लटिङ गरी वास्तविक जग्गाधनीलाई जमिन फिर्ता गर्ने योजना बनाएको छ। बिचौलियामाथि कानुनी कारबाहीको तयारी भइरहेको छ भने पुराना बासिन्दाको हकमा छुट्टै भूमि आयोगले हेर्ने जनाइएको छ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS