सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

अज्ञात समुहद्वारा गोली हानि शिक्षकको हत्या

सर्लाहीको हरिपुरवामा अज्ञात समहुद्वारा गोली प्रहार गरी एक शिक्षकको हत्या भएको छ । हरिपुर्वा नगरपालिका–६ का अन्दाजी ५० वर्षीय रामपुकार यादवमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो ।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार राति साढे ८ बजेतिर उनीमाथि गोली प्रहार भएको थियो । डिएपि राईका अनुसार हत्या कसले किन गरेको हो भन्ने कारण भने खुलेको छैन ।

उनलाई उपचारको लागि महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको डीएसपी राईले सञ्चारमाध्यमसंग बताएका छन् ।

उता जानकी एकेडेमिक हस्पिटलका सञ्चालक डाक्टर सुरेन्द्र यादवले पनि अस्पताल पुग्दासम्म यादवको मृत्यु भइसकेको पुष्टि गरेका छन् ।

मोटरसाइकलमा आएका हतियारधारीले शिक्षक यादवमाथी गोली प्रहार गरेर भागेको बुझिएको डीएसपी राईले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS