श्रीमतीका कारण मानसिक तनावमा गोविन्दा
पछिल्लो समय बलिउड अभिनेता गोविन्दा निकै समस्यामा छन् । घरायसी तनावका कारण उनी विगतको जस्तो खुसी हुन सकेका छैनन् । गोविन्दाकी पत्नी सुनिता आहुजा केही समय यताबाट मादक पदार्थको लतमा परेको सामाचारहरु बाहिर आएका छन् । जसका कारण गोविन्दा निकै तनावमा रहेको पनि रिपोर्टहरूमा उल्लेख छ ।
बिस्तारै घरमा आर्थिक समस्या बढ्दै गएपछि गोविन्दा आजकाल ठुला मात्र हैन, साना सहरमा पनि स्टेजका कार्यक्रममा आफ्नो प्रस्तुति दिन पुग्ने गरेका छन् । यही स्टेज कार्यक्रमको आम्दानीले उनले अहिले आफ्नो घर खर्च चलाइरहेका छन् । पत्नीलाई पनि खर्च उनले नै दिनु परेको छ ।
यता पत्नी सुनिता आहुजा कुनै न कुनै कारणले विवादित रुपमा समाचारमा आउने गरेकी छिन् । उनले कहिलेकाहीँ गोविन्दको बारेमा पनि मिडियाको सामु टिप्पणी गर्न थालेकी छिन् । केही दिन अघि मात्र उनले रक्सी किनेर घर लगेको भिडियो बाहिर आएको थियो ।

त्यो भिडियोका कारण उनी ट्रोल बनेकी थिईन् । त्यो भिडियोमा प्रतिक्रिया दिने क्रममा प्रशंसकहरूले गोविन्दाको प्रशंसा गर्दै धेरैले उनलाई भाउजूको रूपमा सम्बोधन गरेका थिए । साथै रक्सी सेवन नगर्न पनि सुनितालाई सुझाव दिएका थिए ।
सुनिताले यसैबिच आफ्नो युट्युब च्यानलमा आफू रुँदै गरेको भिडियो शेयर गरेकी छिन् । अहिले उनको यो भिडियो भाइरल भइरहेको छ । इन्स्टाग्राममा सुनिताको केही भिडियो क्लिपहरू पनि अहिले भाइरल भइरहेका छन् । जसमा विभिन्न प्रकारका टिप्पणी अएको छ ।
सुनिताले आफू लक्ष्मी माताको भक्त रहेको बताएकी छिन् । आफूले मातामा विश्वास गर्ने भएकाले आफूलाई कसैले पनि नराम्रो गर्न नसक्ने बताएकी छिन् । आफ्नो परिवार बिगार्न केही मानिसहरू लागि परेको आरोप सुनिताले लगाएकी छिन ।
तर लक्ष्मीको कृपाले आफ्नो घरबार नबिग्रने पनि उनले दाबी गरेकी छिन् । आफूलाई रुवाउने लाई लक्ष्मी माताले सजाय दिने पनि सुनिताले बताएकी छिन् ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्