भारतीय विदेश सचिवले भेटे नेपालका सेनापति
नेपालका प्रधानमन्त्री केपि शर्मा ओलीको भारत भ्रमणको पुर्व तयारीका लागी भन्दै काठमाण्डौ ओर्लिएका भारतीय विदेश सचिव विक्रम मिश्रीले उच्चपदस्त देखी दलका नेता कार्यकर्तासंग भेट गरेका छन् ।
दुई दिने भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिश्रीले जंगीअड्डा पुगेर प्रधानसेनापति अशोकराज सिग्देलसँग समेत भेटवार्ता गरेका छन् ।

सोमबार बिहान जंगीअड्डा पुगेर उनले सिग्देलसँग भेट गरेका हुन् । भेटका क्रममा दुईपक्षीय हितको विषयमा कुराकानी भएको जंगीअड्डा स्रोतले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन आइतबार विदेशसचिव मिश्री काठमाडौं आएका थिए ।
आइतबारै उनले प्रधानमन्त्री ओली, राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिसकेका छन् ।
आज सोमबार केही अनौपचारिक भेटपछि दिउँसो स्वदेश फर्किने मिश्रीको कार्यतालिका रहेको छ ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्