सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

नेपालबाट ११ सय मेगावाट विद्युत निर्यात

भारत सरकारले नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादन भएको ८० मेगावाट विद्युत् खरिदका लागि सहमति प्रदान गरेको छ । यससँगै नेपालबाट निर्यात हुने विद्युत् कुल परिमाण ११ सय मेगावाटभन्दा बढी भएको छ ।

यसअघि अनुमति प्राप्त १०१०.९ मेगावाट र थपिएको ८० मेगावाट गरी कुल भारत निर्यात क्षमता १०९०.९ मेगावाट पुगेको हो । नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बंगलादेश निर्यात भइरहेको छ । यी सबै गरेर नेपालबाट कुल निर्यात हुनसक्ने परिमाण ११ सय ३० दशमलव ९ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

electricity supply line

पछिल्लो पटक २६ साउनमा भारत सरकारले २०० मेगावाटका लागि अनुमति प्रदान गरेकोमा बिहीबार थप ८० मेगावाटका लागि अनुमति प्रदान गरेको हो । यसअन्तर्गत ४८.५ मेगावाटको मेवा खोला र ३१.०४ मेगावाटको करुवा सेती हाइड्रो पावरबाट उत्पादित विद्युत् भारत निर्यात हुनेछ ।

यो अनुमति दुईपक्षीय सम्झौता अन्तर्गत मध्यम अवधिका लागि प्राप्त भएको र यो २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्म कायम रहने प्राधिकरणले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS