धर्म प्रचार गर्दै हिँड्ने अमेरिकी नागरिक पक्राउ
धर्म प्रचार गर्दै हिँडेको आरोपमा एक अमेरिकी नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ड्यानियल एस कर्नी छन्। उनलाई अध्यागमन विभागले पक्राउ गरेको हो ।
व्यवसायिक भिसामा नेपाल आएका उनी भिसा उदेश्य विपरित इसाई धर्म प्रचार गर्दै आएको बताइएको छ।
यसअघि अध्यागमन विभागले धर्म प्रचार गर्दै आएको आरोपमा तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको थियो ।
उनी आइतबार बेलुका भैसेपाटीबाट पक्राउ परेका हुन् ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्