सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

जापानको कानुन र सुरक्षाबारे बृहद गोष्ठि

नेपाली दूतावास टोकियो, टोकियो महानगर प्रहरी विभाग तथा गैर आवासीय नेपाली संघ जापानको संयुक्त आयोजनामा “जापानको नियम, कानून र सुरक्षा सम्बन्धी” छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार जापानको टोक्योस्थित मेगुरो पर्सिमोन हलमा कार्यक्रम भएको हो ।

जापानमा बसोबास गर्ने नेपाली समुदायलाई कानूनी व्यवस्था, सुरक्षा प्रणाली तथा सामाजिक मापदण्डबारे स्पष्ट र व्यावहारिक जानकारी प्रदान गर्ने उद्देष्यले कार्यक्रमको आयोजना गरिएको जापानस्थित नेपाली राजदुतावासले बताएको छ ।

छलफल तथा अन्र्तक्रिया कार्यक्रममा सहभागीहरूलाई जापानको कानूनी संरचना, सुरक्षा प्रक्रिया, दैनिक जीवनमा पालना गर्नुपर्ने नियम कानून, ठगी तथा गैरकानूनी कार्यबाट जोगिन अपनाउनुपर्ने सावधानी लगायतका विषयमा जानकारी तथा सुचना प्रदान गरिएको थियो । साथै, आत्म सुरक्षा सम्बन्धी आधारभूत प्राविधिक ज्ञानसमेत प्रस्तुत गरिएको थियो ।

छलफल तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै जापानका लागी नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीले दूतावासमार्फत प्रदान गरिने सेवा सुविधामा ढिलाइ वा असुविधा भएमा सिधै आफूलाई जानकारी गराउन सहभागीहरूलाई आग्रह गरेका थिए ।

साथै राजदुत डा.सुवेदीले नेपाल–जापानबीचको मित्रता, आपसी सहयोग तथा सांस्कृतिक र सामाजिक सम्बन्धलाई अँझ प्रगाढ बनाउन आगामी दिनमा यस्ता छलफल तथा अन्र्तक्रिया कार्यक्रमहरूको निरन्तर आवश्यकता रहेको कुरामा जोड दिएका छन् ।

त्यस्तै, टोकियो महानगर प्रहरीका वरिष्ठ अधिकृतहरूले जापानमा सुरक्षित र व्यवस्थित जीवनयापनका लागि आवश्यक कानूनी प्रावधान, दैनिक जीवनमा अपनाउनुपर्ने सावधानी तथा व्यावहारिक उपायहरूबारे विस्तृत जानकारी दिएका थिए ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष सुभाष लामिछाने, विशेषज्ञ समिति सदस्य जिज्ञान कुमार थापा र महिला सचिव ललिता तामाङले पनि आफ्नो विचार व्यक्त गर्दै जापानमा रहेका नेपाली समुदायको हितमा यस्ता खाले कार्यक्रमहरू अत्यन्त उपयोगी र आवश्यक भएको धारणा राखेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS