सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पद्मकन्यामा विद्यार्थी नेतृबीच चक्कु हानाहान

बसन्ता भण्डारी (बायाँ) र सीता मिजार (दायाँ)

त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मिति घोषणा गरेपछी चुनाव प्रचारमा सक्रिय बनेका नेविसंघ र अखिल क्रान्तिकारीका कार्यकर्ताबीच पद्मकन्या क्याम्पसमा कुटाकुट भएको छ । दुबै पक्षले आक्रमणको दोष एकअर्कालाई लगाएका छन् ।

अखिल क्रान्तिकारीले नेविसंघ महामन्त्री साजना अधिकारी नेतृत्वको टोलीले आइतबार र सोमबार लगातार दुई दिन आफ्ना नेता–कार्यकर्ताहरुमाथि आक्रमण गरेर घाइते बनाएको आरोप लगाएको छ ।

अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतका अनुसार नेविसंघको आक्रमणबाट अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य तथा पद्मकन्या क्याम्पसकी अध्यक्ष बसन्ता भण्डारी, केन्द्रीय सदस्यहरु गंगा दाहाल, दर्शना नेपाली, दिपा जोशी र देविका मिजार घाइते भएका छन् ।

प्रवक्ता बस्नेतद्धारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ–‘स्ववियु निर्वाचन नजिकिँदै जाँदा कलेजमा अखिल क्रान्तिकारीको लोकप्रियता र माहौल बढ्दै जान थालेपछि अत्तालिएर नेविसंघका नेता कार्यकर्ताले देखाएको अराजनीतिक र निकृष्ट हर्कतको घोर निन्दा र भत्र्सना गर्दछौं र दोषीमाथी कडा कारवाही गर्न सम्वन्धित पक्षसँग माग गर्दछौं ।’

यता नेविसंघले भने अखिल क्रान्तिकारीको टोलीले आफ्ना कार्यकर्ताहरुलाई आक्रमण गरेर घाइते बनाएको बताएको छ । नेविसंघकी नेतृ सीता मिजारमाथि चक्कु प्रहार भएको र उनको मोडेल अस्पतालमा उपचार भइरहेको नेविसंघ इकाइ अध्यक्ष साधना घिमिरेले जानकारी दिएकी छिन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्