जापानको तोचिगीमा मगर संघको लांघाली साँझ
माघे सक्रान्तिका अवसरमा नेपाल मगर संघ जापान क्षेत्रिय समिती तोचिगीले ‘माघे सक्रान्ति लांघाली साँझ–२०७५’ को आयोजना गर्ने भएको छ । जनवरी २० तारिख आईतबारका दिन आयोजना गरिएको लांघाली साँझ कार्यक्रममा जापानको तोचिगीबासी मगर समुदाय र आम नेपालीहरुलाई आमन्त्रण गरिएको छ ।
परदेशमा रहेका नेपालीहरुबिच आपसी एकता, सद्भाव बढोस् र चाडपर्वका बेला घरदेशको नियास्रो नलागोस भनेर कार्यक्रमको आयोजना गरिएको मगर संघ तोचिगीका अध्यक्ष शिव थापा मगरले बताएका छन् ।
नेपाल मगर संघ जापानका केन्द्रिय अध्यक्ष नबिन थापा मगरको प्रमुख आतिथ्यमा हुने लांघाली साँझ कार्यक्रममा माघे सक्रान्ति बिशेष परिकारको ब्यबस्था गरिएको आयोजक मगर संघ जापान, क्षेत्रिय समिती तोचिगीले जानकारी दिएको छ । साथै कार्यक्रममा बिभिन्न सांगितिक प्रस्तुतीहरु पनि रहने बताइएको छ ।
लांघाली साँझ कार्यक्रममा ‘तिमिलाई दोबाटोमा, अनि गजलकार भएँ म’ लगायतका गित गाएका चर्चित पोखरेली गायक सर्वज्ञमान शाक्य, पुर्वेली गायक नबिन दाहाल र लाफा मोन्स्टर ब्याण्डको धमाकेदार सांगितिक प्रस्तुती रहनेछ । कार्यक्रमलाई उमेश बुर्जा मगरले उद्घोषण गर्नेछन् ।
![](https://everestwall.com/wp-content/uploads/2019/01/magar-sangh-tochigi-poster-724x1024.jpg)
कार्यक्रममा देउराली पञ्चेबाजाको बिशेष प्रस्तुती रहनेछ भने आइटम डान्सको प्रस्तुती पनि रहने अध्यक्ष शिव थापाले बताएका छन् । त्यसबाहेक बिभिन्न कलाकारहरुको नृत्य तथा अन्य एकल प्रस्तुती पनि रहने बताइएको छ ।
‘माघे सक्रान्ति लांघाली साँझ–२०७५’ लाई जापानमै पहिलो र एकमात्र नेपालीको हाकेन कम्पनी एसएमएस कर्पोरेशनले बिशेष सहयोग गरेको छ । त्यस्तै तोचिगीमा रहेको लाफा स्पोर्टस् बार एण्ड ग्रिल, ओहिरासितामा रहेको शेर्पा रेष्टुरेन्ट र युकीमा रहेको हिमालयन एसिएन डाईनिङ एण्ड बार पनि सहयोगीको रुपमा रहेका छन् ।
त्यस्तै ओयामामा रहेको नमस्ते रेष्टुरेन्ट एण्ड हलाल फुड, तोचिगीमा रहेको नेपाली फुड एण्ड बार, टोक्योको लिटिल बुद्ध रेष्टुरेन्ट, दारुमा हलाल, सुनिता हलाल, सरोज भेटवाल, किरण थापा मगर, नव बुद्ध रेष्टुरेन्ट, लाफा क्लव र लाफा मार्ट लगायत पनि सहयोगीको रुपमा रहेका छन् ।
दिउँसो २ बजेबाट सुरु हुने कार्यक्रम साँझ साढे ८ बजेसम्म चल्ने बताइएको छ । तोचिगी स्टेशन नजिकै रहेको लाफा स्पोर्टस बार एण्ड ग्रिलको हलमा हुने कार्यक्रममा तोचिगी आसपास बस्ने सबै नेपालीलाई सहभागी भई मनोरञ्जन लिन मगर संघ तोचिगीले आग्रह गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्