सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

उपत्यका भित्रिने सवारीमा कडाई, पास अनिवार्य

उपत्यका प्रवेशमा कडाइ गर्ने निर्णय गरेलगत्तै नाकाहरुमा चेकजाँच कडा पारिएको छ । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा प्रहरीहरुले सवारी पास नभएका दुई पांग्रे तथा चार पांग्रे गाडीहरुलाई फर्काइदिएका छन् । हरेक गाडीहरुलाई रोकेर प्रहरीले जाँच गरिरहेका छन् ।

सरकारले काठमाडौं उपत्यका प्रवेशका लागि यहाँको नगरपालिकाको अनुमति चाहिने निर्णय गरेको छ । काठमाडौं उपत्यका बाहिर रहेकाहरु फर्किनका लागि यहाँ आफू बसोबास गरेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था आइतबार गृह मन्त्रालयमा बसेको बैठकले गरेको थियो ।

Checking in Nagdhunga

गृहको निर्णयअनुसार नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि व्यक्तिले उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासका लागि निवेदन दिनुपर्नेछ । त्यसपछि जिल्ला प्रशानसन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यलाई पुष्टि गर्ने कागजातसमेत विचार गरी पास दिन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्