सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

छोरी जन्माएको भन्दै कुटपिट गरी घर निकाला

छोरी जन्माएको भन्दै कपिलवस्तुमा एक महिलालाई कुटपिट गरी घर निकाला गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ५ श्रीरामपुरकी २२ वर्षीया सविना खातुनलाई श्रीमान र ससुराले कुटपिट गरी घरनिकाला गरेको पीडितको भनाई छ ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ५ निवासि इजहार खां का छोरा दिलसाद खांसँग गत बर्ष बिबाह बन्धनमा बाँधिएकी सविनाले तीन महिना अघि छोरी जन्माए देखि परिवारले शारीरिक तथा मानसिक यातना दिँदै आएको बताईन ।

गर्भवती अवस्थामा रहँदै छोरी जन्माए परिवारलाई बोझ हुने भन्दै श्रीमान र ससुराले मानसिक यातना दिँदै आएको उनको भनाई छ । उनका श्रीमानका ६ दिदिबहिनी रहेका छन् ।

यहि साउन ११ गते श्रीमान र ससुरा दुवै मिलि आफूलाई निर्घात कुटपिट गरी घरबाट निकालेको र तीन महिने छोरीलाई समेत आफूँंग ल्याउन नदिएको उनले गुनासो गरिन् ।

कुटपिटबाट घाईते भएकी उनलाई भैरहवा मेडिकल कलेजमा उपचार गराई माईतीमा लगिएको छ । सविनाकी आमा सायरा पठानले छोरीले बारम्बार यातना सहनु परेको भन्दै न्याय दिलाइदिन सरोकारवालासँग आग्रह गरेकी छिन् ।

पिडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत हालिसकेको छ । ११ लाख ५० हजार भारतीय मूल्यको महिन्द्रा गाडि दाईजो दिएर छोरीको विवाह गरिदिएको स्मरण गर्दै आमा सायराले त्यहि दाईजो पनि कम भएको भनेर सुरु देखि नै पटक—पटक छोरीलाई यातना दिँदै आएको बताइन् ।

उता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक प्रह्लाद अधिकारीले भने दुवै पक्षबाट उजुरी परेको र थप अनुसन्धान पछि मात्र सत्यतथ्य सार्वजनिक गरिने बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS