बिहे गर्ने सोच छ, माग्न कोही आउँदैन : शाही
नेपाली काँग्रेसकी सांसद तथा युवा नेतृ रीता शाहीले अहिलेसम्म आफूलाई विवाह गर्नको लागि केटा माग्न नआएको बताउनुभएको छ । सांसद शाहीले पत्रकार ऋषि धमलासँगको कुराकानीमा विवाहको लागि आफू तयार भैसकेको बताउँदै भन्नुभयो, “म त बिहे गर्न चाहन्छु तर के गर्ने ? अहिलेसम्म कोही केटा माग्नै आएका छैनन्, आफै केटा खोज्न हिँड्नु पनि भएन ।”
उपयुक्त केटा पाए विवाह गर्ने मनस्थितिमा रहे पनि हुनेवाला श्रीमान भने आफ्नो पेशालाई बुझेको हुनुपर्ने सांसद शाहीको सर्त छ । शाही भन्नुहुन्छ, “उहाँ व्यवहारिक हुनुपर्यो अनि राजनीतिलाई नजिकबाट बुझेको हुनुपर्यो ।” त्यो बाहेक शाहीको हुनेवाला पतिको स्वभाव पनि कञ्चन, स्वच्छ हृदय, ईमानदार, मन मिल्ने खालको र परिस्थितिलाई सही ढंगले बुझ्न सक्ने हुनुपर्नेछ ।
अहिले ३५ वर्ष लाग्नुभएकी शाहीलाई विद्यार्थी जीवनमा प्रेम प्रस्ताव थुप्रै आउने गरेको भएपनि अहिलेसम्म विहे गर्छु भनेर कोही केटा माग्न नआएको उहाँले बताउनु भएको छ । उहाँ भन्नुहुन्छ, “विद्यार्थी जीवनमा लभ लेटर थुप्रै आउँथे तर मैले कसैको पनि जवाफ फकाईन ।”
अध्ययन र राजनीतिमै व्यस्त भएकाले प्रेममा कहिल्यै ध्यान नगएको बताउने शाहीले पत्रकार धमलासँगको कुराकानिमा लगन जुरे ०७३ सालभित्रै बिहे गर्ने सोच रहेको बताउनुभएको छ । ठकुरी परीवारकी शाहीले अन्तरजातीय विवाह गर्दा पनि आफूलाई कुनै फरक नपर्ने स्पश्ट पार्नुभयो । शाहीले भन्नुभयो, “म अन्तरजातीय विवाहको पक्षमा छु, २१ औं शताव्दीमा अन्तरजातीय विवाहको विरोध गर्नुको कुनै अर्थ छैन, त्यो पाखण्डवाद हो ।”
सकभर मागी बिवाह नै होस भन्ने पक्षमा रहेकी शाहीले यो बिचमा कसैसँग प्रेम नबस्ला भन्न नसकीने बताउनुभयो । यदि कसैसँग प्रेम भईहालेमा पनि प्रेमलाई पारीबारीक रुपमा स्वीकृत गरी मागी बिबाह गर्ने शाहीको सोच छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्