सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

तोचिगीमा धुमधामसँग ल्होछार मनाए तामाङले

तामाङ समाज जापानको किताकान्तो क्षेत्रिय समितिले २८५४ औँ सोनाम ल्होछार भव्यताका साथ मनाएको छ । तामाङ समाज किताकान्तो समितिले तामाङ संस्कृति र परम्परा अनुसार लामा गुरुद्वारा पुजापाठ गर्नुका साथै बिबिध सांस्कृतिक कार्यक्रम गरी ल्होछार कार्यक्रम मनाएको हो ।

तामाङ समाज किताकान्तो समितिका अध्यक्ष कुलमान लामाको अध्यक्षतामा भएको औपचारीक कार्यक्रममा प्रमुख अतिथि तामाङ समाज जापानका केन्द्रिय अध्यक्ष कुमार मोक्तान रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि मोक्तानले तामाङ समुदायको सांस्कृतिक पहिचानलाई राज्यले नबुझेको प्रति दुख व्यक्त गरेका थिए ।

आफुहरु एकिकृत र समुन्नत नेपालको पक्षमा रहेको बताउँदै मोक्तानले तामाङ्ग जातिको संस्कृति र इतिहाँसलाई राज्यले सम्मान गर्नुपर्ने बताएका थिए । कार्यक्रम सञ्चालक सरोज तामाङले आफ्नै मातृभाषा तामाङ भाषामै कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा जनप्रगतिशिल मंच जापानका अध्यक्ष हवल चन्द्र लामा, जनजाति महासंघ किताकान्तोका अध्यक्ष डेनी शेर्पा, मगर संघ तोचिगीका अध्यक्ष तुल बहादुर सराङकोटी मगर, तमू धिं तोचिगीका अध्यक्ष लालप्रसाद गुरुङ्ग लगायतले बोलेका थिए ।

जापानको तोचिगीसीस्थित लाफा रेष्टुरेन्टमा आयोजना गरिएको ल्होछार बिशेष कार्यक्रममा तोचिगी आसपास बस्ने तामाङ लगायतका नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो । बिभिन्न गित संगित र नृत्यले उपस्थित दर्शकहरुलाई भरपुर रमाईलो प्रदान गरेको थियो ।

ल्होछार बिशेष सांगितिक कार्यक्रममा बरिष्ठ संगितकार तथा गायक चेतन सापकोटा, गायक कर्म दोङ्ग लामा, राजीव लामा, सञ्जोग योञ्जन लगायतको प्रस्तुतीले कार्यक्रममा उपस्थित दर्शकलाई राम्रैसँग मनोरञ्जन प्रदान गरेको थियो । सांगितिक कार्यक्रमको सुरुवातीमा आशा मोक्तानले गरेको नृत्यले पनि दर्शको मन जितेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्