सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

दुबै छोरा उम्मेद्वार, भोट नदिने आमाको घोषणा

ताप्लेजुङको फुङलिङ नगरपालिका–३ मा कांग्रेसबाट युवराज बराल र एमालेबाट रामप्रसाद बराल अध्यक्षको उम्मेद्वार बनेका छन् । दुवै छोरा उम्मेद्वार बनेपछि आमा मायादेवीले स्थानीय चुनावमा भोट दिन नजाने घोषणा गरेकी छन् ।

रामप्रसाद माइला र युवराज कान्छा हुन् । दाजुभाइ एकै पदमा उठेपछि परिवारमा भने कसलाई भोट दिने भन्ने सकस परेको छ । ‘कान्छाले आएर उम्मेदवार बनेको सुनायो, एकै पदमा नउठ भनेको मानेनन,’ आमा मायादेवीले भनिन, ‘पक्षपात गर्न मिलेन, बरु भोट दिन नै जान्नँ ।’

उनीहरुका ६५ वर्षीय जेठा दाजु चन्द्रप्रसादले दुवै भाइहरु उम्मेदवार बनेपछि अलमलमा परेको बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS