सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एनआरएनए जापानलाई तोकाई कमिटिको चेतावनी

गैर आवासीय नेपाली संघ जापानको तोकाई होकुरिकु क्षेत्रले एनआरएनए जापानसंग कुनै सम्बन्ध नरहेको घोषणा गरेको छ । क्षेत्रिय अबिधेशनमा भएको भद्र सहमति पालना नभएको भन्दै तोकाई होकुरिकु क्षेत्रले भद्र सहमती कार्यान्वयन नभएसम्म केन्द्रको कुनै सर्कुलर नमान्ने निर्णय गरेको हो ।

क्षेत्रिय अधिबेशनका क्रममा क्षेत्रिय संयोजकमा दुई जनाको उम्मेद्वारी परेपछी एक जनालाई संयोजक बनाउने र एक जनालाई एनआरएनए जापानको सदस्यमा मनोनयन गर्ने लिखित सहमति भएकोमा सहमतिलाई बेवास्ता गरेका कारण केन्द्रसँग सम्बन्ध बिच्छेद गरेको क्षेत्रिय समितिले जनाएको छ ।

लिखित सहमति क्षेत्रिय अधिबेशनका दिन अहिलेका अध्यक्ष टासी लामा, निबर्तमान अध्यक्ष सुदन थापा, पारसमणि पोखरेल, डिलाराम खरेल, अहिलेका महा–सचिब बुद्धिराज घिमिरे लगायतको उपस्थितिमा भएको थियो । तोकाई होकुरिकु क्षेत्रद्वारा जारी विज्ञप्तीमा बिभिन्न पदमा नियुक्ती गर्दा समेत क्षेत्रलाइ पुरै ब्यवास्ता गरेको जनाइएको छ ।

सल्लाहकारहरु सहित बसेको कार्यसमितिको पूर्ण बैठकले निर्बाचनको बेला भोटको लागि बिभिन्न सहमति गर्ने तर कार्यान्वयनको बेला बिभिन्न बहाना बनाएर क्षेत्रलाई बेवास्ता गर्ने काम एनआरएनए जापानबाट भएको भन्दै त्यसको घोर बिरोध जनाएको छ ।

(नागोया) तोकाई सयोजक दिपक केसीको अध्यक्षतामा बसेको बैठकमा एनआरएनए आइसीसी क्षेत्रिय उप–सयोजक पारसमणि पोख्रेल, आइसीसी सदस्य डिलाराम खरेल, सल्लाहकारहरु गोविन्द श्रेष्ठ, निर्बाचन समितिका अध्यक्ष तथा सल्लाहकार याम खत्री, देब घिमिरे, रामु खरेल, अर्जुन केसी, चिरन्जीवी सिग्देल लगायत कार्यसमिति सदस्यको उपस्थिति रहेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्