सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा डान्स पार्टी, उद्देष्य सामाजीक कोष बनाउने

नेपालका बिभिन्न भागमा घर भई जापानको तोचिगीमा बस्दै आएका नेपालीहरुले गठन गरेको लाफा क्लवले यही जुन १६ तारिखका दिन डान्स पार्टी गर्ने भएको छ । दुख पर्दा सँधै सहयोग माग्दै हिँड्नुभन्दा रमाईलोको बहानामा थोरै भएपनि आर्थीक कोष जम्मा होस भनेर डान्स पार्टी आयोजना गरिएको क्लवका अध्यक्ष मनोज गुरुङले जानकारी गराएका छन ।

जापानमा नेपालीहरुको संख्या बढेसंगै बिरामी हुने लगायतका बिभिन्न समस्याहरु पनि बढ्दै गएकाले तत्कालै सहयोग माग्दै हिँड्नपर्ने अवस्था नआओस भन्ने उद्देष्यले डान्स पार्टीबाट बचेको पैसा कोषमा जम्मा गर्न खोजेको अध्यक्ष गुरुङ्गले जानकारी गराएका छन ।

‘समर डान्स पार्टी’ नाम दिईएको डान्स पार्टी यही जुनको १६ तारिख शनिबारका दिन आयोजना गरिएको छ । डान्स पार्टी तोचिगीस्थित लाफा स्पोर्टस बार एण्ड ग्रिलमा हुँदैछ । पार्टी स्थानिय समय अनुसार साँझ साढे पाँच बजेबाट राति १० बजेसम्म चल्नेछ ।

डान्स पार्टीलाई दुई भागमा बाँडिएको छ । पहिलो भागमा बिभिन्न नृत्य तथा गितसहितको सांस्कृतिक प्रस्तुतीहरु रहनेछन भने दोस्रो भागमा डिजे डान्स पार्टी चल्नेछ । पार्टीमा गायक नविन दाहाल, दावा लामा, भिम वाईवा, पर्वत भट्टराई, गरिमा गुरुङ र प्रिन्स चुनेली लगायतले गित प्रस्तुत गर्नेछन ।

त्यस्तै किसु पुन मगर, मिरा दर्लामी मगर र गौरी तामाङ लगायतले डान्स प्रस्तुत गर्नेछन । डान्स पार्टीलाई डिजे नविन र डिजे सरुणले धमाकेदार बनाउनेछन । खेलकुद, मनोरञ्जन र बिभिन्न सामाजीक कार्यका लागी गठन गरिएको लाफा क्लवले डान्स पार्टीको तयारीलाई तिब्र पारेको क्लवका सांस्कृतिक बिभाग प्रमुख हिमाल केसीले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्