सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

शहरी क्षेत्रको सोलारमा हिमालयन बैंकले ऋण प्रवाह गर्ने

बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्र र हिमालयन बैंक लिमिटेडबीच शहरी क्षेत्रमा सौर्य बिजुली जडानका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

अब बैंकले शहरी क्षेत्रमा घरायसी तथा व्यावसायिक प्रयोजनका लागि सौर्य उर्जा प्रणालीका लागि सरल र सुलभ रुपमा ऋण दिने भएको छ ।

सम्झौताअनुसार बैंकले शहरी क्षेत्रमा ५ सय देखि १५ सय वाट सम्मको सौर्य उर्जा प्रणाली जडान गर्दा प्रतिघरका लागि लागतको ९० प्रतिशत तथा बढीमा ७ लाख रुपैयाँ सम्मको कर्जा उपलब्ध गराउनेछ ।

कर्जाको ब्याजदर घरायसीतर्फ २ दशमलव २५ प्रतिशत र व्यावसायिक तर्फ ४ दशमलव ५० प्रतिशत छ ।
५ सय वाट भन्दामाथि क्षमताको सौर्य उर्जा प्रणाली जडान गर्दा बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले एकमुष्ट १५ हजार रुपैयाँ अनुदान समेत उपलब्ध गराउनेछ ।

कर्जाको अवधि घरायसीतर्फ ५ वर्षको हुनेछ । कर्जाको भुक्तानी मासिक किस्ताबन्दीको आधारमा गर्न सकिने छ ।
कर्जा सुविधा सम्पूर्ण शाखाहरुबाट उपलब्ध गराईने बैंकले जनाएको छ ।

बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

अनलाईनखबरबाट जस्ताको तस्तै ;

फेसबुकबाट कमेन्ट गर्नुहोस्