सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

फरहानको १५ वर्षे प्रेम विवाह पनि डिभोर्समा टुङ्गियो

बलिउड अभिनेता एवम् निर्देशक फरहान अख्तरको १५ वर्षे वैवाहिक सम्बन्ध टुङ्गिएको छ । फरहान र उनकी पत्नी अधुना अख्तरले महिनौ अगाडीदेखि चलेको डिभोर्सको अनुमान सत्य साबित भएको हो । उनीहरुले ठ्याक्कै के कारणले सम्बन्धविच्छेद गरे भन्ने बारेमा केहि सार्वजनिक भएको छैन्। उनीहरुका दुई सन्तान रहेका छन् ।

दुवैको भेट पहिलो पटक फरहानको डेब्यू निर्देशन ‘दिल चाहाता हे’को सेटमा भएको थियो । अधुना सो फिल्मकी हेयर स्टाइलिस्ट थिइन् । तीन वर्ष एकअर्कासँग डेटिङ् गरेपछि सन् २००० मा उनीहरु विवाहवन्धनमा बाँधिएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्