सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

क्याट्रिनासँगको ब्रेकअपको ‘ह्याङओभर’ भुल्न रणवीरको पार्टी

रणवीर कपुर र क्याट्रिना कैफको ब्रेकअपको खबरले बलिउड गर्माएको छ । ‘लिभ इन रिलेसनसिप’ मा रहँदै आएका उनीहरु छुट्टै बस्न थालिसकेका छन् । तर, उनीहरु आफूलाई सम्हाल्न सक्दो कोसिस गरिरहेका छन् ।

हालसालै रणवीरले नयाँ अपार्टमेन्टमा सरेकाे खुशियालीसँगै काम र ब्रेकअपको ‘ह्याङओभर’ लाई भुल्न आफू भर्खरै सरेको अपार्टमेन्टमा पार्टी आयोजना गरेका थिए । जसमा क्याट्रिनालाई बोलाइएको थिएन । उनीहरुले ब्रेकअपका बारेमा सार्वजनिक रुपमा केही नबोलेकाले रणवीरको पार्टीमा क्याट्रिना नबोलाइनुले ब्रेकअपलाई पक्कापक्की भन्ने बुझिएको छ ।

केही दिनअघि मात्र एक फिल्मी कार्यक्रममा उनीहरु छुट्टाछुट्टै पुगेका थिए । कार्यक्रममा उनीहरु भेटिँदा पनि भेटिएनन् । रणवीर आफ्नै पिता ऋषि कपुरको साथमा रहे भने क्याट्रिनाले आगामी फिल्म ‘फितुर’ मा सँगै काम गरेका आदित्यको साथ लिइन् ।

बताइएअनुसार क्याट्रिना अझै पनि सम्बन्ध सुधार्न सकिन्छ कि भनेर हरसम्भव प्रयास गरिरहेकी छिन् । रणवीरले भने टाढिनै खोजेकै बताइन्छ । क्याट्रिनाले सलमानको ‘बिग बोस’ मा फितुरको प्रचारका लागि आउने वचन दिएकी थिइन् । यसलाई रणवीरले सलमानसँगको निकटता भन्ने बुझेपछि क्याट्रिनाले रणवीरको दिल फर्काउन शो पनि रद्द गरेको चर्चा छ । रणवीर र क्याट्रिना अभिनित पछिल्लो फिल्म ‘जग्गा जासुस’ सुटिङ सकिएर रिलिजको तयारीमा लागेको छ ।

imgranbir-kapoor-katrina-kaif
सेतोपाटीबाट जस्ताको तस्तै ;

फेसबुकबाट कमेन्ट गर्नुहोस्