सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सिभिल बैंकको अध्यक्षमा ईच्छाराज तामाङ निर्वाचित

सिभिल बैंक लिमिटेडको अध्यक्ष पदमा ईच्छाराज तामाङ निर्विरोध निर्वाचित भएका छन् ।

पाँचौं वार्षिक साधारणसभाबाट चुनिएका संस्थापक लगानीकर्ताहरुको समुहबाट तामाङ अध्यक्ष बनेका हुन् ।

समितिमा अम्बीर बोगटी, प्रकाश तायल, रीता श्रेष्ठ र विनोदलाल श्रेष्ठलाई निर्विरोध चयन भएका थिए ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले तामाङलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्